जडीबुटी जंगलभित्र सुतली बम

मोरङ, २० मंसिर
बेलबारी नगरपालिका–४ जडीबुटी जंगलभित्र रातो झोलामा तार बाहिर निकाली राखेको अवस्थामा मंगलबार फेला परेको सुतली बम ईलाका प्रहरी कार्यालय बेलबारी र नेपाली सेनाको निर्वाचन सुरक्षा बेस बेलबारीमा खटिएको टोलीले डिस्पोज गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।