इटहरी, ११ जेठ ।

सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएको घटनामा आज दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भारत बेगुराई बागोर घर भई हाल सुनसरीको इनरुवा–२ स्थित चप्पल कारखानामा कार्यरत २५ वर्षीय मेहम्मद नाजिम अन्सारीको आज बिहान सोही घरको छतबाट झरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी भोक्राहामा बा ४ ख ५२५५ नंको बसले एक पुरुषलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here