चेपाङ संरक्षण केन्द्रलाई पंखा सहयोग

रत्ननगर (चितवन) ३० जेठ ।
रत्ननगर ११ मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई क्यान्सर अस्पतालमा कार्यरत डा.विजय न्यौपाने र उनकी धर्मपत्नी कमला न्यौपानेले ४ थान पंखा सहयोग गरेका छन । खाना खाने डाईनिङहलमा पंखा नहुँदा गर्मीको समयमा वालवालिकालाई निकै कठिनाई भएको थियो । डा.दम्पतीले केन्द्रमा नै पुगेर पंखा हस्तान्तरण गरेको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिए ।