विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा वृद्धि

चितवन, २८ जेठ ।

दुर्लभ वन्यजन्तु पाटेबाघका लागि राम्रो बास्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको छ
सन् २०१३ मा गरिएको गणनामा यो निकुञ्जमा एक सय २० वटा वयस्क बाघ रहेका थिए । सो अवधिमा देशभर यो सङ्ख्या १९८ रहेको थियो । चितवनबाहेक बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँकेमा पाटेबाघ पाइन्छ ।
चितवन राष्ट्रिय निकुञ्जभित्र १५ दिनदेखि क्यामरा ¥यापिङ गरेर बाघको अनुगमन भइरहेको छ । यस अघि मध्यवर्ती क्षेत्रमा अनुगमन गरिँदै आएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले क्यामरा ¥याफ्टिङमा दिनमा दुई÷तीन पटक बाघ देखिएको भन्दै पहिले भन्दा बाघको सङ्ख्या बढी देखिएको बताउनुभयो ।
निकुञ्जमा घुम्न गएका पर्यटक, गस्तीमा गएका सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीले पनि बाघ बढी देखेको भन्दै उहाँले सङ्ख्या बढेको हुन सक्ने अनुमान गर्नुभयो । बाघका आहार बढेको, चोरी सिकारी रोकिएका कारण पनि बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको उहाँले बताउनुभयो ।
सन् २०१७ को अन्त्यतिर बाघको गणना राष्ट्रिय रुपमा गरिने पनि प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले निकुञ्जलाई विभिन्न भागमा विभाजन गरेर क्यामरा ¥यापिङ थालिएको बताउनुभयो ।
उहाँका अनुसार १७ जोडी क्यामराले निकुञ्जको मुख्य कार्यालय कसराबाट पश्चिमतर्फको भागमा जेठ १४ गतेबाट क्यामर्रा यापिङ सुरु गरिएको हो । क्रमशः अन्य क्षेत्रमा क्यामरा सारेर्र यापिङ गरिँदै छ ।

You might also like