चितवनको सुम्लिङटारमा रात्रिबस दुर्घटना, दुईजनाको मृत्यु

चितवन, २० असार ।
चितवन जिल्लाको इच्छाकमना गाउँपालिमामा रात्रिबस दुर्घटना हुँदा दुइ जनाको ज्यान गएको छ ।
काठमाडौंबाट धनगढीका लागि छुटेको ना ६ ख ६४६८ नम्बरको रात्रिबस इच्छाकामना गाउँपालिकाको सुम्लिङटारमा राति पौने ३ बजे दुर्घटना हुदा तीन महिने शिशुसहित प्रहरी जवानको ज्यान गएको छ । बसमा सवार अन्य पाँच जना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर भएको चितवन प्रहरीले जनाएको छ ।
। प्रहरी जवान राजकुमार चौधरी र उहाँकी ३ महिने छोरीको ज्यान गएको छ भने उहाँकी श्रीमतीको अवस्था गम्भीर भएको चितवनका प्रहरी प्रमुख दिपक थापाले जानकारी दिनुभएको छ । दुर्घटनामा चालक दिनेश राना मगर, कैलालीका राजी चौधरी, कैलाली टीकापुरकी धनकला टमटा, कैलालीकै तिलादेवी शाह घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रेफर गरिएको प्रहरीले जनाएको छ ।
बसमा रहेका २७ जना मध्ये २३ जना सामान्य उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । बस तीव्र गतिका कारण दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।