चट्याङ लागेर मृत्यु

उर्लाबारी (मोरङ), १७ असार ।

पथरीशनिश्चरे नगरपालिका–२ मा शुक्रबार साँझ चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँकी ३० वर्षीया अमृता बाँस्कोटा छिन् । आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । रासस