घाटबेंसीमा थप एकको शव

मलेखु (धादिङ), १६ कात्तिक

गत शनिबार बिहान गजुरी गाउँपालिका–५ घाटबेंसीमा भएको बस दुर्घटनामा हराइरहेकामध्ये एक जनाको शव आज फेला परेको छ । 
घाटबेंसीस्थित त्रिशूली नदीमा सप्तरीका अभिनन्दन चौधरीको शव फेला परेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । सो दुर्घटनामा ३२ जनाको शव फेला परेको थियो भने १६ जना घाइते भएका थिए । दुर्घटनामा तीन जना हराइरहेका थिए । 
सप्तरी, राजविराजबाट काठमाडौंँका लागि छुटेको ना ६ ख १४६७ नंको यात्रु बस गत शनिबार नदीमा खसेर दुर्घटना भएको थियो । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । यसअघि ३२ जनाको शव फेला परिसकेको छ ।