विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

गंगा प्लाजामा लागेको आगो नियन्त्रणमा

रत्ननगर(चितवन) १८ माघ
पुर्वी चितवनको रत्ननगर स्थित सौराह चोकमा रहेको गंगा प्लाजामा आज (मंगलबार) राति लागेको आगो  नियन्त्रणमा आएको छ । राति करिब सवा ९ बजे प्लाजा भित्रको टंकप्रसाद लामिछानेको सम्पुर्ण बेबी सपमा आगलागि भएको थियो  । करिब २० मिनेट पछि स्थानिय र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा आएको  हो । आगलागीको कारण नखुले पनी बिद्युत सट भई लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यलय रत्ननगरका डिएसपी नारायण रञ्जितकारले बताउनुभयो । अगालागीबाट के कती क्षती भयो भन्ने बिवरण आउन बाकी छ ।

You might also like