क्यानको साधारणसभा भदौमा हुने

काठमाडौ, १६ साउन ।
नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा भदौमा हुने भएको छ ।
नेपाली क्रिकेटको विवाद समाधान गर्न अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद आईसीसीले तयार पारेको विधान पारित गराउन क्यानको विशेष साधारण सभा डाक्न लागिएको हो ।
भदौ पहिलो साता विशेष साधारणसभाले नयाँ विधान पारित गरेपछि क्रिकेट विवाद समाधान हुने अपेक्षा गरिएको छ ।
हिजो राजधानीमा बसेको क्यानको बैठकले सल्लाहकार समितिले तयार पारेको विधानलाई साधारण सभामा लैजाने निर्णय गरेको हो ।
क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेको संयोजकत्वमा गठित सल्लाहकार समितिमा निर्वा्चित क्यानका वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल पनि रहनुभएको थियो ।