कोरियन भाषा परीक्षाको नतिजा भोली भोली प्रकाशित हुदै, (नतिजा हेर्ने तरिका सहित)

काठमाडौं, १० साउन ।
कोरियन भाषा परीक्षाको नतिजा  भोली प्रकाशित गरिदैछ । यसअघि असार दोश्रो हप्ता नै नतिजा प्रकाशन गर्ने तयारी गरिए पनी केही परीक्षार्थी परीक्षा दिन वञ्चित भएपछि नतिजा साउन ११ गते प्रकाशन गर्ने मिति तोकिएको इपिएस कोरिया शाखाले जानकारी दिएको छ । यो परीक्षामा ७५ हजार पाँच सय ८० जनाले आवेदन दिएका थिए । परीक्षामा भने झण्डै ६८ हजार सहभागी भएका थिए । इपिएस कोरिया शाखाका अनुसार यो वर्ष क्षेत्रमा ६ हजार २०० र उत्पादनमा ४ हजार उत्तीर्ण गराइने छ । शाखाले नजिता भोली बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा इपिएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विकास (एचआरडी)को वेवसाइटमा हेर्न सकिन्छ ।