## आऊ युवा राजनीतिमा##

सदियौं कुरेउ यहि दिनका लागि
अव स्विकार चुनौति
विलम्व किन !

####
दुख झेलेर विदेशमा
जिएउ सधैं अर्कैकै लागि
अव आफ्नै देशका लागि
अनि आफ्नै लागि
जिउदैनौ किन!
####

पौरखमा तिम्रो
सपना देशको झुल्छ
जंग लडनु छ मिहेनेतको
वादल फटाउनुछ बिलम्वको
जग वसाउनु छ उम्मिदको
अव पनि लजाउनु किन!

####
गणतन्त्र ल्यायौ,
अरव र खाडिमा पसिना वगाउदैछौ,
अन्याय र अत्याचार विरुद्द सधैं
इन्कलावका नारा घन्कायौ
अव युग र दीगो परिवर्तनको
नेतृत्व लिन उदासिन किन !

####
अव नेतृत्व गर राजनीतिको!

###
नूतन चाहनाको
प्रतिक्षित गन्तव्यको
अदम्य साहस,भरोसा र विश्वासको ।

###
अव कहिले ननिभ्ने मशाल वालेर
कर्म ,उर्जा र मेहेनेतको
अजमाउ भाग्य, भविस्य र पौरखको।

####
सेवा गर मातृभूमिको!!

###
उपलव्धि बाँडेर
समृद्दिको अनि समानताको,
सुरक्षाको र संभावनाको
पिता ,पुर्खा र पुस्ताको यो निशानी
आमा राष्ट्रको,
झन्डा उचालेर पौरख र गौरवको
राष्ट्र निर्माणको
उपयोग गर ऐतिहासिक अवसरको ।

(समर्पण: स्थानिय तहको निर्वाचनमा युवा सहभागिता वृद्दिमा योगदान दिने युवाहरू प्रति)

 

 

 

 

रचनाकार:-  केशर पण्डित  ( स्थानिय बिकास अधिकारी, जिल्ला विकास समिती, नुवाकोट   )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here