कुलतमै सक्छन् नेपालीले बर्सेनि २२ अर्ब

लागूपदार्थका दुव्र्यसनीले बर्सेनि २२ अर्ब रुपैयाँभन्दा बढी रकम कुलतमा फसाउने गरेको तथ्य कारोबार दैनिकले आज सार्वजनिक गरेको छ ।

यो विषयलाई मुख्य समाचार बनाएर कारोबार दैनिकले लेखेको छ– लागूपदार्थका दुव्र्यसनीले बर्सेनि २२ अर्ब रुपैयाँभन्दा बढी रकम कुलतमा फसाउने गरेका छन् । गाँजा , चरेस, हिरोइन तथा फर्मास्यूटिकल ड्रग्सका दुव्र्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात वार्षिक २२ अर्बभन्दा बढी हुने गरेको पाइएको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकारीहरुलाई उद्धृत गर्दै कारोबारले समाचार लेखेको छ ।

दुव्र्यसनीले वार्षिक लागूपदार्थ सेवनवापत खर्च गर्ने रकम आर्थिक वर्ष ०७४–७५ को वार्षिक बजेटको २ प्रतिशत हो । यो रकम सुधार गृहमा उपचाररत दुव्र्यसनीको खर्चबाहेकको हो ।