अधिकंश कम्प्युटर प्रयोगकर्ताहरु बारम्बार computer वा laptop रिफ्रेस गरिरहन्छन्  । Desktop मा right click गरेपछि खुल्ने dialog box को रिफ्रेस option मा click गरेर वा सिधै keyboard मा रहेको F5 बटन थिचेर पनि रिफ्रेस गर्न सकिन्छ । सायद तपाई पनि आफ्नो कम्प्युटर वा laptop बारम्बार रिफ्रेस गरिरहनुहुन्छहोला । तर के सोचेर refresh गर्नुहुन्छ ?

 

धेरैजसो प्रयोगकर्ताहरु चाहीं कम्प्युटर फास्ट हुन्छ, मेमोरी space release हुन्छ, hang हुदैन, Operating सिस्टम ले छिटो काम गर्छ भनेर कम्प्युटरलाई रिफ्रेस  गर्नेगरेको बताउछन् । तर यो सत्यता होइन, सत्यता त के हो भने रिफ्रेस गर्दा माथि उल्लेख गरियको कुनै पनि काम हुदैन । यदि तपाईहरु आजसम्म पनि त्यै सोचमा हुनुहुन्थ्यो भने त्यो तपाइको भ्रम मात्रै हो ।

यसो भनिरहदा तपाईहरुलाई लग्न सक्छ कि “त्यसोभए यो Refresh को काम क हो त ?” सत्यतालाई नियाल्ने हो भने यो refesh को काम desktop मा रहेका Icon हरुमा हलचल पैदा गराउनु मात्रै हो । Microsoft कर्पोरेशन ले desktop मा रहेका icon हरुलाई रिडिस्प्ले (re-display) गर्नका लागि मात्रै यो ‘refesh’ बटन को निर्माण गरेको हो । यसका अलाबा कम्प्युटर फास्ट बनाउन, मेमोरी space बढाउन  आदि इत्यादि काम गर्न यसको कुनै भूमिका रहदैन । जुनसुकै बेलापनी कम्प्युटर रिफ्रेस गरीरहनु भनेको अज्ञानता सिवाय अरू केही पनि होइन ।

-सौगात नेपाल ‘अतित’

(Student of computer engineering)

 

1 COMMENT

  1. जानकारीमुलक लेखकाे लागि धन्यवाद ।
    हामी भ्रममा नै रहेछाै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here