काठमाडौँ, ११ जेठ ।

काठमाडौँ महानगरपालिकामा अब आठ वटा वडाको मात्र मतपरिणाम आउन बाँकी रहँदा नेकपा९एमाले०को अग्रता कायमै छ ।बत्तीस वडा रहेको सो महानगरमा २४ वडाको नतिजा सार्वजनिक भइसक्दा एमालेका विद्यासुन्दर शाक्यले ५२ हजार ३९० मत प्राप्त गर्नुभएको छ । त्यसैगरी प्रमुख पदकै लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएका राजुराज जोशीले ३६ हजार ९८१ मत ल्याउनुभएको छ । नेकपा९माओवादी केन्द्र०का सर्वोत्तम डङ्गोलले पाँच हजार ९७८, साझा पार्टीका किशोर थापाले १४ हजार ८६१ र विवेकशील पार्टीकी रञ्जु दर्शनाले १९ हजार २५६ मत प्राप्त गर्नुभएको छ ।त्यस्तै उपप्रमुखका लागि काँग्रेसकी हरिप्रभा खड्गीले अग्रता कायम गरिराख्नुभएको छ । उहाँले हालसम्ममा ४८ हजार १०१, राप्रपाका राजाराम श्रेष्ठले २८ हजार ४२०, माओवादी केन्द्रका सुशीला पौडेलले आठ हजार ५३ र साझा पार्टीकी निरुपमा यादवले नौ हजार ४७६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।एक लाख ७२ हजार ६८३ मत खसेकामा हालसम्ममा एक लाख ५९ हजार १७५ मत गणना भइसकेको छ । हालसम्ममा १३ वटा वडामा एमाले र ११ वडामा काँग्रेसले जित हासिल गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here