लमजुङ, २ मंसिर

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी उहाँ चढेको जिपमा आज बम प्रहार भएको छ ।

तनहुँबाट लमजुङतर्फ आउँदै गर्दा तनहुँको भानु नगरपालिका– १० स्थित नेपालडाँडामा नेता पौडेल सवार बा१३च ३७४२ नं को जिपमा बम प्रहार भएको हो ।

बम प्रहारबाट एकजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । बम प्रहारबाट पौडेल चढेको जिपको सिसा फुटेको छ । वरिष्ठ नेता पौडेल लमजुङ सदरमुकाम बेँसिशहरमा आज आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न आउँदै हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here