कलैया, १४ पुस । कलैया उपमहानगरपालिका– १० मटिअर्वास्थित नेपाल राष्ट्रिय मावि अगाडि जीप चलाउन सिक्ने क्रममा स्थानीयवासी दिनेश साहले चलाएको जीपले ठक्कर दिँदा स्थानीयवासी सुरज साहको घटनास्थलमै मृत्यु भएको छ ।
ठक्कर दिने जीप र जीपका चालक कलैया नगरपालिका–६ का मोहन गुप्तालाई नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता भुनेश्वर साहले बताउनुभयो ।