कर्तव्यज्यान मुद्धाका फरार अभियुक्त चौधरी पक्राउ

काठमाडौं, १ माघ । कर्तव्यज्यान मुद्धाका फरार अभियुक्त नरेशकुमार कुमाल चौधरीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको प्रहरीले सोमबार पक्राउ गरेको छ ।
निज चौधरी समेत रहेको कर्तब्यज्यान मुद्दाका प्रतिबादी चौधरी देश बाहिर लुकिछिपी बसेकोमा हाल नेपाल भित्रीएको भन्ने सूचनाका आधारमा उक्त ब्यूरोबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा बाँकेको कोहलपुर नगरपालिका–११ न्यूरोडमा फेला पारी पक्राउ गरेको हो ।