कर्जाले बनायो कंगाल, सर्लाहीका श्याम परदेशीले ७ गांउका ३ सय परिवार ठगे

0
391

काठमाडौं १३ पुस। कानुनी प्रमाणका लागि जबरजस्ती तयार पारिएका प्रमाणबाट आतंकित सर्लाही सात गांउका पिडित न्याय खोज्दै राजधानी आएका छन् ।

गाँउमा हरेक कामका लागि साहुकै भर पर्ने सर्लाहीका मलङउवा, लालबन्दी, पोखरीया, असलमा, बयलवास, हरीपुर, नवलपुर करिब ३ सय परिवार अहिले स्थानिय साहु श्यामकृष्ण शाहको ऋण आतंकले घरवार विहिन भएका छन् ।

लिएको ऋण रकममा १० आंै गणा जोडेर, विना भरपाई, बन्दुकको भरमा आंैठा झाप लगाएर कानुनका ऐन र नियमलाई मतियार बनाई गरिब माथी गरिएको थिचो मिचोको एक दर्दनाक उदाहरण हो यो ।

जाली तमसुखका भरमा अदालतबाट पक्राउ पत्र पाएपछि उनिहरु काठमाडौं स्थित हाम्रो कार्यालय पुगेका हुन् ।सर्लाही हरिपुरकी रिनादेवी शाहले २ बर्ष अघि श्रीमानलाई रोजगारीको लागि विदेश पठाउन गाँउका साहु श्याम कृष्ण शाह उफ्र श्याम प्रदेशीसँग ५० हजार ऋण लिइन ।

त्यसमध्ये २५ सय साहुले नै कटाएर ४७ हजार ५ सय रुपयाँै मात्रै दिए । तर उनलाई ५ लाखको कागजमा औंठा छाप लगाए । मलेसिया पुगेका श्रीमानको कमाइ राम्रो भएन ।

३ महिना पछी व्याज तिर्न सकिनन् बदलामा साहुले ५ हजार हर्जना थप्दै गए । यहि कारण उनले आफ्नो घरबारी बेचेर ४ लाख ५० हजार रुपयौँ तिरिन तर श्याम कृष्णले उनलाई थप ३० लाखको कागज बनाइदिए । जुन रिनादेवीको कल्पना बाहिरको कुरा थियो ।
आफ्नो सबथोक बेच्दा समेत ऋण तिर्न नसक्ने रिनादेवीलाई ऋणको भन्दा भारी त तब प¥यो जब श्याम कृष्णले उनकी १२ बर्षीय छोरीलाई आँफुसँग छोड्दिए सबै ऋण मिनाह गर्ने सर्तह राखे ।

छोरी जिम्मा लगाउन नसकेपपछि केही समयमा उनलाई सर्लाही जिल्ला अदालतबाट ९० लाख रुपैंया कृष्ण बहादुर शाह लाई तिर्नुपर्ने भन्दै पत्र आएको उनको गुनासो छ ।

यस्तै सोही ठाँउकी सावीत्री कापर गाँउमै व्यवसाय गर्ने भनेर उनै श्याम कृष्ण शाहसँग २ लाख रुपैंया ऋण लिइन् । ऋण लिने धितो नभएको कारण २० हजार, खशीको लागि १ हजार र वियरको लागी २ हजार कटाएर १ लाख ७७ हजार मात्रै पाइन् ।

कापरले आफ्नो भएको ३ धुर जग्गा बेचेर १ लाख ६० हजार तिरिसकेकी थिइन तर यहि बेला उनलाई जिल्ला अदालतबाट श्याम कृष्ण शाहलाई १२ लाख तिर्नुपर्ने भन्दै पत्र गयो ।

उनलाई मात्र होइन उनका श्रीमान र आमाको नाममा पनि १२/१२ लाखका मुद्वा परेको छ । यसरी आँफु पिडित भएको थाहा भएपछि आँफुजस्तै पिडितहरु जम्मा गरेर अदालतमा पुगिन् । उनीहरुसँग छलफल गर्न भनेर श्याम कृष्ण शाहको तर्फबाट आएका र अहिले सोही क्षेत्रबाट सांसदमा निर्वाचित भएका प्रमोद साशले उनीमाथि कुटपिट गरे । पिडितहरुका अनुसार प्रमोद शाहकै संरक्षमाक्षणमा श्याम परदेशी रहेका छन् ।

सोही ठाँउकी गिर्जादेवी चौधरीले श्याम कृष्ण शाहसँग छोरालाई मलेसिया पठाउन १ लाख रुपयाँै ऋण लिएको डेढ बर्ष भयो । तर अहिले उनले तिर्नुपर्ने १५ लाख पुगेको छ । १५ लाख तिर्ने उनको हैसियतले सक्दैनन ।

श्याम कृष्ण शाहले राती १२ बजे एक्लै आए ऋण मिना गरिदिने भन्छन् । आफ्नो इज्जतको बलिदानी गर्न नसकेपछि अहिले गिर्जादेवीको परिवारमा अदालतबाट १५ लाख तिर्नुपर्ने पत्र पुगेको छ ।

उनिहरुले पैसा नतिरेका पनि हैनन् । तर उनिहरुले तिरेको रकमको कुनै हिसाब किताबनै छैन् । लिएको भन्दा लाखाँै रुपयौँ बढी ऋणको कागजमा हस्ताक्षर गरेकै कारण सर्लाहीका कल्पनाथ चौधरी अहिले जेलमा छन् । घर सञ्चालनको लागि उनै श्याम कृष्ण शाहसँग ५० हजार लिएका उनलाई १० लाखको कागजमा औँठा छाप गर्न लगाए ।

१० लाखको व्याज तिर्न नसकेपछि ४ महिनामैै श्याम कृष्णले सर्लाही जिल्ला अदालतमा मुद्वा हालेर र उनि जेल पुगे । अहिले ५० हजार ऋणको कारण कल्पनाथ चौधरी अहिले जेलमा छन् तर उनको घरमा श्याम कृष्णको छोरी र आमालाई पनि १०÷१० लाख ऋण तिर्न भन्दै अदालतबाट पत्र गएको छ ।

५० हजार ऋण लिएका कल्पनाथ चौधरीको नाममा अहिले कागजीरुपमा ३० लाख ऋण पुगेको छ । यस्तै सोही ठाँउका ६५ बर्षीय राजबिन चौधरीको कथा पनि उस्तै छ । उनले घर खर्चको लागि भन्दै १ बर्ष अघि १ लाख लिएका थिए तर अहिले त्यो बढेर ५ लाख पुगेको छ । यहि मुद्वामा उनि पनि जेलमा छन् तर घरमा छोराछोरीको नामम अदालतबाट फेरी चिठी पगिरहेका छन् ।

हाम्रा कार्यालयमा आएका २९ जना मध्ये धेरैले श्याम कृष्ण शाहको ऋण तिर्नैका लागि घरबारी बेचेका थिए । प्रहरी, प्रशासन, अदालत हरेक स्थानमा आफुले लाखौँ खर्चे र सेटिङ मिलाएकाले कसैले केही गर्न नसक्ने भन्दै धम्काउँछन् श्याम कृष्ण शाह ।

श्याम कृष्ण शाहसँग ऋण नलिएका र उनकै मुद्वा अनुसार सयाँै गुणा बढाएर अदालतबाटै पत्र नपुगका घरहरु सायदै भेटीन्छन् यी गाँउमा । जिल्लामा आफुहरुले न्याय नपाईने निश्चित भएपछि फेरी ऋण खोजेर यो ठुलो समुह अहिले राजधानीमा छन् ।

उनिहरु मंगलबार र बुधबार टेकु स्थीत अपराध महाशाखामा न्यायको खोजीमा भौतारिए । सर्लाहीमा आफु विरुद्व आवाज उठेपछि भागेर कालिमाटी आएर बसेका श्याम कृष्ण शाहको घर घेराउ गरिरहेका छन् । तर अहिले उनिहरुसँग बिहान बेलुका बस्ने खाने पैसा छैन साथमा ।

उनिहरु राजधानी आएर नेताहरुलाई भेटेर समस्या समाधानको पहल गरिदिन आग्रह पनि नगरेका हैनन । तर कसैले उनिहरुको बिषयलाई गम्भिररुपमा नलिएको बताउँछन् ५० हजार ऋण खाएर ७ लाख ५० को मुद्वा खेपिरहेका स्थानिय सोन्फी चौधरी ।

श्याम कृष्ण शाहले ऋण दिन्छन् र गोली देखाएर जबरजस्ती धेरै ऋणको कागजमा औठा छाप लगाउन दबाद दिन्छन् । ठगी गर्ने व्यक्तिलाई प्रहरीले सुरक्षा दिईरहेको छ । पिडितसंग खाना खाने पैसा छैन् । उनिहरु गौशालाको आश्रममा रात काटिरहेको छन् ।

News24Nepal