करेन्ट लागेर मृत्यु

उर्लाबारी (मोरङ), २६ असार ।

मोरङको सुन्दरहरैचा नगरपालिका–११ बेलेपुरमा आज बिहान करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका ३५ वर्षीय मोहन सुब्बा रहेका छन् । बिहान आफ्नै घरमा रहेको कुखुरा फार्ममा स्टेन फेन समाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका सुब्बाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा बिहान ८ बजे मृत्यु भएको इप्रका बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो ।
यसैगरी, मोरङको विराटनगर–१४ स्थित नयाँ आँखा अस्पतालनजिकै आज बिहान एक पुरुष मृत अवस्थामा फेला परेको छ । बिहान ६ बजेतिर विराटनगर–१७ बस्ने ५० वर्षीय मोहमद रफिकलाई स्थानीयवासीले मृतावस्थामा भेटेपछि प्रहरीमा खबर गरेका थिए । रासस