कन्फेडेरेसन कप फुटबलमा जर्मन बिजयी

रुस, १९ असार ।
आइतबार राति भएको कन्फेडेरेसन कप फुटबलमा जर्मन बिजयी भएको छ ।

रुसको सेन्ट पिटर्सबर्गमा गएराती भएको फाइनल खेलमा कोपा अमेरिका विजेता चिलीलाई १–० ले हराउँदै जर्मनीले पहिलो पटक कन्फेडेरेसन कपको उपाधि उचालेको हो ।
२० औं मिनेटमा लार्स स्टिन्डलले गरेको गोल नै जर्मनीको जितमा निर्णायक बन्यो । चिलीका मार्सेलोलो दिएको गल्तीको फाइदा उठाउँदै स्टिन्डलले गोल गरेका हुन् ।
फाइनलअघि तेस्रो स्थानका लागि भएको खेलमा मेक्सिकोलाई २–१ ले हराउँदै पोर्चुगल तेस्रो भएको थियो