कंगोमा सैनिक विमान दुर्घटनाग्रस्त, कैयौँ सैनिक मारिएको आशङ्का

किन्सासा, १५ असोज ।  

कंगोमा यहाँको राष्ट्रिय सेनाको एक कार्गाे बिमान शनिबार बिहान दुर्घटनामा परेको छ ।
सो विमानमा चालक दलका नौ जना सदस्य र अरुप नि केही सैनिक रहेको हुनसक्ने अनुमान गरिएको छ । उक्त विमान दुर्घटनाग्रस्त भएको स्थान पत्ता लागेकोले सो क्षेत्रमा अर्काे विमान जान लागेको छ ।
सेनाको सो जहाज कार्गाे लिएर गएको थियो । उक्त विमान राजधानी किन्सासाबाट कामेलीतर्फ लागेको थियो । तर जहाजमा प्राविधिक समस्या देखा परेकोले कामेली जान नसही बिमान राजधानीतर्फ नै फर्केको थियो ।
दुर्भाग्यबस राजधानी किन्सासा पुग्नुभन्दा केही समयमात्र अघि जहाज दुर्घटनामा परेको छ । राजधानी किन्सासा पुग्न करिब १०० किलोमीटर बाँकी रहँदा सो विमान खेतमा खसेको थियो ।
सैनिक स्रोतले आफ्नो नाम नबताउने सर्तमा सो विमानमा रहेका सबैजनाको ज्यान गएको बताएको छ । त्यस विमानमा अरु कतिजना यात्रु थिए भन्ने बारेमा अझै स्पष्ट भएको छैन ।