एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु, चिकित्सक आन्दोलित

18
297

इनरुवा, ३० कात्तिक 

सुनसरी इनरुवा– ६ र ५ का बीचमा पर्ने गडन खोेला नजिकै आज साझ एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

विराटनगरबाट इनरुवातर्फ आउँदै गरेको को १ च ७०३३ नं को एम्बुलेन्सको ठक्करबाट जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा रामचन्द्र भट्टराइको मृत्यु भएको हो ।

आज साझ ६ः३० इनरुवाबाट आफ्नो घर दुहबीतर्फ जाँदै गरेको भट्टराई सवार बा२४प ४२४४ नंको मोटरसाइकललाई एम्बुलेन्सले ठक्कर दिँदा भट्टराइको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यता मृतक भट्टराइलाई उपचारका लागि भन्दै इनरुवा अस्पताल ल्याएको र मृत रहेको भट्टराइका विषयमा स्वास्थ्यकर्मीले जानकारी गराएपछि प्रहरीले डा माथि आक्रमण गरेको बताइएको छ ।

मृतक भट्टराईका आफन्तपर्ने जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी निरीक्षक सन्तोष पोखरेलले डा तुसार झा, स्वास्थ्यकर्मी ओम गोहीबार यादवलगायत सात जना स्वास्थ्यकर्मी माथि गुण्डा सैलीमा आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरी निरीक्षक पोखरेलले बर्दी र बन्दुकको आडमा रक्सीमा मातेर आफूहरु माथि आक्रमण गरेको पीडित तुसार झाले बताउनुभएको छ । अस्पतालको इमर्जेन्सी कक्षमा रहेका डा झा सहितका स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी समेतलाई बुट र लठीले कुटपीट गरेको झाले बताउनुभयो ।

मृतक भट्टराई आफ्नो आफन्त रहेको र सिरानी नदिएको तथा उपचारसमेत नगरिदिएको आरोप लगाउँदै डाक्टर माथि आक्रमण गरेको त्यहाँस्थित एक जना कुरुवाले प्रतिक्रिया दिनुभयो । रासस