उन्नाइस वर्षमुनिको विश्वकप छनौट क्रिकेटमा नेपालको खराब प्रदर्शन

सिंगापुर, १० साउन ।
उन्नाइस वर्षमुनिको विश्वकप छनौट क्रिकेटमा नेपालले १ सय ९६ रनको लक्ष्य पाएको छ । आफगानिस्तानसँगको खेल जित्न लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गरेको छ ।
सिंगापुरमा भएको खेलमा नेपालका सन्दिप सुनार १७, आसिफ शेख १६ तथा प्रनित थापा मगर ११ रनमा आउट भएका छन् । यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४६ दशमलव ५ ओभरमा सबै १० विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । बलिङतर्फ नेपालका सहाब आलमले ४ तथा दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिएका छन् ।