उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप छनौट अन्तर्गत अफगानिस्तानसँग नेपाल पराजित

सिंगापुरं, १० साउन ।
उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप छनौट अन्तर्गत अफगानिस्तानसँग नेपाल ९६ रनले पराजित भएको छ । सिंगापुरमा भएको खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ गर्दै १ सय ९६ रनको लक्ष्य दिएको थियो । नेपाल ४० ओभर ३ बलमा ९९ रन बनाउँदा अल आउट भएको हो । नेपालका दिपेन्द्र सिंह ऐरीले ८१ बलमा ४८ रन बनाउनुबाहेक अरुले राम्रो खेल्न सकेनन् । यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४६ दशमलव ५ ओभरमा सबै १० विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । बलिङतर्फ नेपालका सहाब आलमले ४ तथा दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । अफगानिस्तानका इब्राहिम जदरानले १ सय १४ बलमा १ सय १ रन बनाएका थिए । नेपालले यसअघि भएका पाँच खेलमा चार खेल जितेको छ भने अफगानिस्तानसँगको दुबै खेल हारेको नेपाल १९ वर्षमुनिको विश्वकपमा छनोट हुने सम्भावना भने अन्त्य भएको छ ।