उत्तर कोरीया, १४ साउन ।
उत्तर कोरियाले फेरि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) परीक्षण गरेको छ । अमेरीकाले मिसाइल हतियार नबनाउन पटक पटक चेतावनी दिएपनी त्यसलाइ बेवास्ता गर्देै उत्तर कोरियाले मिसाइल परिक्षण गरेको दक्षिण कोरिया र अमेरिकाले बताएका छन् । उत्तर कोरियाले जापानको समुद्री क्षेत्र तर्फ लक्षित गरी अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो । मिसाइल जापानको समुद्री क्षेत्रमा खस्नु अघि जमिनबाट तीन हजार किलोमिटर माथि पुगेको जापानको राष्ट्रिय प्रशारक संस्था एनएचकेले जनाएको छ । तीन हप्ताअघि उत्तर कोरियाले पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) परीक्षण गरेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here