इपीइस को नतिजा प्रकाशित, झण्डै १२ हजार बिधार्थी उतिर्ण (रिजल्ट सहित)

काठमाडौ, १० साउन ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा केहीबेर अघी प्रकाशित भएको छ ।

यो परीक्षामा ७५ हजार पाँच सय ८० जनाले आवेदन दिएका मध्ये १२ हजार १०८ उत्तीर्ण भएका ईपीएस कोरिया शाखाले जनाएको छ । ईपीएस कोरिया शाखाका प्रमुख बाबुराम खतिवडाका अनुसार कृषितर्फ करिब साढे सात हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा उत्तीर्ण भएका सबै कोरिया जान पाउँछन् भन्ने ग्यारेन्टी भने नहुने ईपीएस शाखाले जनाएको छ । पास भएकालाई रोष्टर लिष्टमा राखेर लेबर कन्ट्रयाक्ट दिने गरिएको छ । भाषा परीक्षा पास हुनेहरुलाई आगामी फेब्रुअरीबाट उत्तीर्ण कामदारको मेडिकल लगायतका प्रक्रिया सुरु हुनेछ । गत बर्षजस्तो यस बर्ष भने स्किल टेष्ट नहुने मानव संसाधन विभाग कोरियाले जनाएको छ ।
नतिजा हेर्नुहोस

EPS result