आज मन्त्रिपरिषद बिस्तार गरिदै, ४ बजे सपथग्रहण हुने

काठमाडौं, ११ साउन ।
हिजो हुने भनिएर हुन नसकेको मन्त्रिपरिषद बिस्तार आज हुने भएको छ । आज अपरान्ह चार बजे राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम राखिएको मन्त्रीपरिसद् श्रोतले जनाएको छ । कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिक, नेकपा संयुक्त लगायत दललाई समेटेर बिस्तार गरिएको मन्त्रिमण्डललाइ आज चार बजे प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुहुने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।