आजपनी मन्त्रीपरिषद बिस्तार भएन

काठमाडौं, १० साउन ।
मन्त्रीपरिषद विस्तार आज पनी नहुने भएको छ । प्रधानमंत्री शेरबहादुर देउवाले आज मंगलबार नै मन्त्रीपरिषद विस्तार गर्नेगरि तयारी गरे पनि नाम टुङ्गो लाग्न नसक्दा बुधबार मात्र मन्त्रीपरिषद विस्तार हुने भएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले आज नै सपथ ग्रहण गर्ने तयारीका लागि राष्ट्रपति कार्यालयलाई जानकारी गराए पनि मन्त्रीपरिसद विस्तार नहुने भएको हो । नाम टुंग्याउन केही समय लाग्ने भएकाले मंगलबार बेलुकासम्म नाम टुंगो लगाएर बुधबार सपथग्रहण गर्ने तयारी गरिएको प्रधानमन्त्रीका निजी सचिव भानु देउवाले जानकारी दिनुभयो ।