सुजन प्रेमी
नुवाकोट माघ १५
नुवाकोटको पुनसंरचनाको बिरोध गर्दै कार्यालय समयमा कार्यकक्षमा काम गरिरहेको बेला एक्कासि आक्रमण गरी तोडफोड भएको विरोधमा जिल्ला विकास समितिमा कर्मचारीले आइतबारबाट अत्यावश्यक कामबाहेक अरू काम नगर्ने निर्णय गरेका छन् । स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितको नेतृत्वमा शुक्रबार बसेको बैठकले नुवाकोटका राजनीतिक दलहरूले घटनाको जिम्मा लिँदै माफी माग्नुपर्ने माग गरेको छ । कर्मचारीले स्थानीय राजनीतिक दलहरूले नै उचालेर आन्दोलनकारीलाई जिविसमा आक्रमण गर्न लगाएको बताएका छन् । यता लिखु गाउपालिका र बेलकोटगढी नगरपालिका बचाउन भन्दै भईरहेको आन्दोलन अझै पनी जारी छ । बन्दका कारण नुवाकोट भित्रीने र बाहिरिने सबै नाका ठप्प भएका कारण यातयातका साधन चलेका छैनन् जसको प्रत्यक्ष प्रभाव माघ १४ गतेबाट सञ्चालन गरिएको चौथो नुवाकोट महोत्सवलाई परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here