आइसिसी १९ वर्षमुनिको विश्वकप छनौटमा नेपाल र मलेसिया भिड्दै

सिंगापुर, ९ साउन ।
आइसिसी १९ वर्षमुनिको विश्वकप छनौट अन्तर्गत आज (सोमबार) नेपालले मलेसियासँग खेलिरहेको छ । यो समाचार तयार पार्दासम्म सिंगापुरमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अहिले मलेसियाले ब्याटिङ गरिरहेको हो ।
डबल राउण्ड रोबिन लिगका आधारमा सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालको यो पाँचौं खेल हो । यसअघि भएका चार खेलमा तीन खेल जितेको नेपाल ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । नेपालले यसअघि भएको खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपालले भोली (मंगलबार) आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग खेल्ने छ । यसअघि भएको अफगानिस्तानसँगको खेलमा भने नेपाल पराजित भएको थियो ।