आइसल्याण्डमा अक्टोबरमा संसदीय निर्वाचन हुने

15
209

ओस्लो, ३ असोज

आइसल्याण्डमा आगामी अक्टोबर २८ संसदीय निर्वाचन हुने भएको छ ।
आइसल्याण्डका राष्ट्रपति गुडनी जोहान्नेसनले संसदीय निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्तावलाई सोमबार स्वीकार गर्नुभएको हो । निर्वाचनको मिति सोमबार तोकिएको हो ।
पछिल्ला केही दिनहरूमा रष्ट्रपतिले प्रधानमन्त्री बजर्नी बेनेडिक्टसनसँग निर्वाचनका बारेमा छलफल पनि गर्नुभएको थियो ।
छलफलका क्रममा प्रधानमन्त्रीले अल्पमतको सरकार बनाउने चाहना व्यक्त गर्नुभएको थियो भने उहाँले त्यसलाई सम्भावना नभएको बताउनुभएकोे थियो ।
त्यसपछि तत्काल संसद विघटन गर्ने प्रधानमन्त्रीले प्रस्ताव गरेपनि राष्ट्रपतिले यसलाई पनि अस्वीकृत गर्नुभएको थियो ।