अवैध लागूऔषध गाँजा सहित पक्राउ

काठमाडौं, ३ माघ । सुनसरी : धरान उपमहानगरपालिका–८ लाङगाली चोकबाट मोरङको बिराटनगर महानगरपालिका–१३ बस्ने २४ वर्षीय पप्पु रामलाई उनले बोकेको झोलामा लुकाई छिपाई राखेको लागूऔषध डाइलेक्स डिसी २८ बोतल, स्पास्मो प्रोक्सीभन ४ सय २४ क्याप्सुल सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पर्सा : पकाहा मैनपुर गाउँपालिका–१ धोरेबोर्डर बस्ने ४७ बर्षीय रामनाथ मेहेतालाई लागूऔषध गाँजा १ केजी सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । धोरे बोर्डरबाट उक्त गाँजा साइकलमा राखी ल्याइरहेको अवस्थामा प्रहरी चौकी धोरेबाट गस्तीमा खटिएको टोलीलाई देखेर भाग्ने क्रममा मेहेतालाई गाँजा र साइकल सहित प्रहरीले पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।