अम्मानमा रहेको राजदूतावासमा दुइ जोर्डानीको मृत्यु

जेरुसेलम, ९ साउन ।

अम्मानमा रहेको इजरायली राजदूतावासमा इजरायली सुरक्षा गार्डले आफूलाई आक्रमण गर्ने एक जोर्डानीलाई गोली हानी हत्या गरेका छन् ।
यसै क्रममा अर्का जोर्डानी नागरिकको भने भूलबस मृत्यु हुन पुगेको उक्त दूतावासले जानकारी दिएको छ ।
आइतबार राति भएको यस घटनाबाट इजरायली सुरक्षाका क्षेत्रमा दबाब सिर्जना भएको छ । इजयाली राजदूतावाससँग जोडिएको भवनबाट आएका एक जोर्डानीले इजरायली सुरक्षा गार्डलाई आक्रमण गरेका थिए ।
एक जोर्डानीको तत्काल मृत्यु भएको र घाइते भएका अर्का जोर्डानीको भने उपचारको क्रममा मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
यस आक्रमणमा घाइते भएका सुरक्षा गार्डको अवस्था भने सामान्य रहेको छ