विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

अमेरिकी नयाँ प्रतिबन्धले ‘सम्बन्धमा समस्या’ ल्याउनेछ : पुटिन

मस्को (रसिया),  ४ असार ।

अमेरिकी सिनेटबाट पारित भएको एसियामाथि नयाँ प्रतिबन्ध लगाउने निर्णयले दुई देशको सम्बन्धमा जटिलता आउने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार एक रसियाली टेलिभिजनसँगको कुराकानीमा बताउनुभएको छ ।
“पक्कै पनि यो निर्णयले रसिया–अमेरिकाबीचको सम्बन्धलाई थप जटिल बनाउने छ, रोसिया–१ टेलिभिजनलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति पुटिनले भन्नुभयो ।”
“मलाई लाग्छ यो हानिकारक हुनेछ । यद्यपि यसबारे अमेरिकी आधिकारिक प्रतिक्रिया नआउँदासम्म कुरा गर्नु अपरिपक्वता हुन्छ ।”
तर पनि उहाँले रसियाले केही कुरा व्यवस्थापन गर्न चाहेको र केही थप कार्य गर्न चाहेको बताउनुभयो ।
रसियाली नेता पुटिनले भन्नुभयो – “अमेरिकी प्रतिबन्धले रसियालाई ‘गतिरोध वा विनास’ तर्फ लग्नेछैन ।”
उहाँले नयाँ प्रतिबन्धको कुरा कुनै प्रसङ्गबिना आएको र रसियालाई एक गम्भीर प्रतिद्वन्द्वीको रुपमा देखेकाले आएको बिहीबार एक प्रत्यक्ष रेडियो कार्यक्रममा बताउनुभएको थियो । पछिल्लो घटनाले अमेरिकी राजनीतिलाई थप सङ्घर्षपूर्ण बनाउने पुटिनको दाबी थियो ।
बिहीबार अमेरिकी सिनेटले निर्वाचनमा रसियाको हस्तक्षेप गरेको आरोपमा कडा प्रतिबन्ध लगाउने विषयलाई जबर्जस्त ढङ्गले पास गरेको थियो । यो विषय अब अमेरिकी प्रतिनिधिसभामा गएको छ ।

You might also like