अब साउदीमा मासिक १ सय रियाल ‘लेभि’ कामदारले तिर्नुपर्ने

0

साउदी, २९ जेठ ।

साउदीमा काम गर्ने नेपाली सहित अप्रवासी कामदारले आगामी महिनाबाट ‘लेभि’ बुझाउनु पर्ने भएको छ ।

साउदीमा कार्यरत आप्रवासीले अब प्रत्येक महिना १ सय रियाल ‘लेभि’ बुझाउनु पर्ने साउदीले जनाएको छ । अहिले साउदीमा कार्यरत आप्रवासी कामदारको लागि प्रत्येक महिना २ सय रियाल सम्म ‘लेभि’ कम्पनीले नै बुझाउँदै आएको थियो । तर यसले साउदीको राजस्वमा घाटा भएको भन्दै कामदारबाट लिने नियम ल्याइएको साउदीले जनाएको छ । सुरुमा एक सय रियाल ‘लेभि’ लिएपनि वर्षेनी यो रकम बढाउँने र सन् २०२० सम्म ४ सय रियाल लेभि पु¥याउने साउदीको लक्ष्य रहेको छ । देशको राजस्व वृद्धिको लागि भन्दै साउदीले यस्तो नियम ल्याएको हो ।  यो नियम जुलाई १ अर्थात आगामी असार १७ गतेबाट लागु हुने साउदीले जनाएको छ ।

Facebook Comments