Browsing Category

आर्थिक

अधिकृत सिंहको दुई करोडको सम्पत्ति अवैध दाबी

काठमाडौं — तत्कालीन सहायक वन अधिकृत विनोदकुमार सिंहविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्धा दायर गरिएको छ । करिव दुई करोड रुपैयाँबराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ । सिंहले पदीय…

स्मार्ट लाईसेन्समा बेथितिः सरकारको मेसिन थन्क्याएर निजीलाई जिम्मा

काठमाडौं — सरकारले २०७२ मंसिरदेखि सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्ड लाईसेन्समा स्तरोन्नति गर्यो । सुरुमा साबिक बागमती अञ्चलबाट सुरु भएको स्मार्ट लाइसेन्स २०७४ मा आइपुग्दा देशभर लागू भयो। तर, कार्डको माग र आपूर्तिबीच सन्तुलन नहुँदा…

राजपाका महामन्त्रीलाई भ्रष्टाचार मुद्धा

काठमाडौं — निजामति सेवाबाट राजीनामा दिएर राजनीतिमा लागेको महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्धा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको हो । सिंहले सरकारी…

वीर अस्पतालमा करोडौं अनियमित, बोलपत्रमा टिपेक्स लगाउँदै सच्याउँदै

काठमाडौं । वीर अस्पतालमा करोडौं अनियमितता भएको पाइएको छ। उपकरण तथा औषधि खरिदमा अस्पताल प्रशासनबाट अनियमितता हुने गरेको ठहर राष्ट्रिय सतर्कता केन्द्रले गरेको छ। केन्द्रको विस्तृत अध्ययन प्रतिवेदनमा अस्पताल प्रशासनका अधिकारीले बोलपत्रमा…

त्रिविमा प्राध्यापकहरूको हेपाहापनस : तलब सरकारी, पढाउने निजीमा

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका पदाधिकारीदेखि प्राध्यापक-कर्मचारीसम्म लापरबाही र अनियमिततामा संलग्न पाइएका छन् । राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको अध्ययनले यस्तो तथ्य औंल्याएको हो । केन्द्रको प्रतिवेदनअनुसार प्राध्यापकहरू सरकारी…

सांसदलाई ल्यापटप दिइँदै

प्रदेशसभा २ को सचिवालयले प्रदेश सांसदलाई ल्यापटप दिने भएको छ । १ सय ७ जना सासदलाई सवा लाख रुपैयाँ पर्ने डेल कम्पनीको अत्याधुनिक मोडेलको ल्यापटक उपलध गराउने तयारी अन्तिम चरणमा पुगेको छ । यसबाट प्रदेशको कोषमा १ करोड ३३ लाख ७५ हजार…

खारेजीमा परेका कार्यालयले सामान बुझाएनन्

बाँके, १६ कात्तिक (रासस) ः खारेजीमा परेका जिल्लाका सरकारी कार्यालयहरुले स्थानीय तहलाई सामान बुझाइसकेका छैनन् । सरकारको निर्णयअनुसार खारेजीमा परेका बाँकेका सरकारी कार्यालयहरुले जिन्सी सामान स्थानीय निकायलाई हस्तान्तरण गरिनुपर्ने प्रावधान छ ।…

गाडी किन्न सांसदले मागे थप बजेट

संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौँ रकम मागेको छ । चढिरहेको गाडी पुराना भएको भन्दै अर्थ मन्त्रालयमा थप बजेट माग प्रस्ताव पठाएको हो । सचिवालयले वार्षिक बजेटभन्दा बाहिरबाट रकम मागी गाडी,…

घोटालाले २५ करोड घाटा

काठमाडौं - छानबिन समितिले सामान खरिदमा करोडौँ रुपैयाँ घोटाला गरेको ठहर्‍याउँदै खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलगायत पदाधिकारीलाई कारबाही सिफारिस गरेको समाचार आजको कान्तिपुरमा छ । घोटालाकै कारण संस्थानलाई २५ करोड रुपैयाँ…

आफैं मन्त्री आफैं ठेकेदार

सुर्खेत — कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालयमातहतमा पुगेका छन्  । खत्रीसहितको स्वामित्वको केएसके…

सरकारको विकास खर्च निराशाजनक

काठमाडौं - मुलुकको आर्थिक समृद्धिलाई मुख्य लक्ष्य बनाएको सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म विकास खर्च त्यस अनुसार गर्न नसकेको पाइएको छ। पहिलो तीन महिना सकिँदा सरकारले गरेको विकास खर्च विगतमा जस्तै निराशाजनक छ। आजको नागरिकमा…

मेलम्ची आयोजनाका गाडीमा पहुँचवालाको मस्ती

काठमाडौं - तत्कालीन भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय शाहले मन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि मन्त्रीको हैसियतमा प्रयोग गर्दै आएको बा४च १५०३ नम्बरकोे मेलम्ची खानेपानी आयोजनाको प्राडो गाडी आयोजनालाई फिर्ता नगरी आफूसँगै लिएर गए ।…

विदेशबाट मिस्डकल आयो ? कल ब्याक नगर्नुस् !

काठमाडौं - तपाईको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस्ट कल’ आइरहेको छ ? छ भने महत्वपूर्ण कल होला भनेर ती नम्बरमा कल फिर्ता नगर्नूस्, तपाईको ब्यालेन्स गुम्न सक्छ । विदेशी ठगहरुले पैसा कमाउन त्यसरी मिस्ड कल गरेका हुन् । ती विदेशी नम्बरमा…

जनप्रतिनिधिहरु ताँती लागेर विदेश भ्रमणमा

काठमाडौं - कर्मचारी मात्रै होइन, स्थानीय सरकारका अधिकारीहरू पनि जनताको काम थाँती राखेर विदेश भ्रमणमै ताँती लाग्न थालेका छन्। जनप्रतिनिधिलाई सघाउन भन्दै उनीहरूको पछिपछि कर्मचारी पनि लर्को लागेकै छन्। गत वर्ष मात्रै ५ हजार ११ जना कर्मचारी…

कांग्रेस कोषबाट रकम हिनामिना, क-कसको चल्छ हस्ताक्षर ?

काठमाडौं - क्रियाशील सदस्यता वितरण र नवीकरण, सांसदबाट महिनैपिच्छे काटिने लेबीबाट चल्दै आएको कांग्रेसको आर्थिक कोषमा मनपरी चलेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवाद…

धानको मूल्य तोकियो तर बिक्री भएन

धनगढी - सरकारले समयमै धानको समर्थन मूल्य तोकेकामा खुसी भएका किसान धान बिक्री नहुँदा निरास भएका छन् । विगतमा धान बिक्री भइसकेपछि मात्रै धानको मूल्य तोक्ने गरेको सरकारले यस वर्ष असोज पहिलो साता नै समर्थन मूल्य तोकेको हो । आजको अन्नपूर्ण…

रेमिट्यान्स वृद्धिदर बढ्दै

काठमाडौं - चालू आर्थिक वर्षको दुई महिनामा १ खर्ब ५४ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको समाचार आजको कान्तिपुरको अर्थ वाणीज्य पृष्ठमा छापिएको छ । गत वर्षको सोही अवकिो तुलनामा यो करिब ३४ प्रतिशतको वृद्धि हो । गत वर्ष भदौसम्म…

तीन महिनाको व्यापार घाटा वृद्धिदर हालसम्मकै उच्च

काठमाडौं - चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको व्यापार घाटा साढे तीन खर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा  करिब ४६ प्रतिशतको वृद्धि हो । पछिल्ला वर्षमा निर्यात र आयातबीचको अन्तर निरन्तर फराकिलो बन्दै…

पप्पुलाई राष्ट्र बैंक भवन ठेक्का : निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीलाई

काठमाडौं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिनेरनदिने भन्नेबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुम्पेको छ ।…

अवकाश मिति बढाएर पराजुलीको पेन्सनपट्टा

काठमाडौं - प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतको फैसलासँग बाझिने गरी पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टाका लागि न्यायपरिषद् अध्यक्षका हैसियतमा सिफारिस गरिदिएका छन् । सर्वोच्चले पराजुलीको अवकाश मिति २०७४ साउन २१…

चितवनमा पेट्रोल अभाव

चितवन - दसैं सकिएलगत्तै चितवनमा पेट्रोल अभाव सुरु भएको छ । तीन दिनयता चितवनका लगभग सबै पम्पमा पेट्रोल थिएन । केही पम्पहरुले बुधबार पेट्रोल बाँडेका छन् । आजको कान्तिपुरमा समाचार छापिएको छ । जिल्लाको मागभन्दा एक तिहाइ मात्रै पेट्रोल…

प्रहरीनै घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ, ६ कात्तिक -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल धनुषाका प्रहरी सहायक हवल्दार चन्देश्वर गिरीलाई रु ११ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । नेपाल भारत सीमा बजारबाट सामान ल्याउन सहज गराइदिने बहानामा…

द्रुतमार्गका अग्ला पुल निर्माण गर्न ६ वटा कम्पनी छनोट

काठमाडौं । तराई द्रुतमार्गमा अग्ला पुल निर्माण गर्न नेपाली सेनाले प्रारम्भिक चरणमा ६ वटा कम्पनी छनोट गरेको छ। सेनाले द्रुतमार्गमा निर्माण हुने ९९ वटा पुलमध्ये ६२ वटा अग्ला पुल बनाउन इन्जिनियरिङ प्रोकुमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा…

निगमको लापरवाहीका कारण दशैँमा पेट्रोल पम्पमा लाइन । यस्ताे छ भित्री चलखेल

काठमाडौँ । दशैँको मुखमा यातायात साधनको आवतजावत र तेलको माग बढ्ने जान्दा जान्दै पनि आयल निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा ह्वात्त लाइन बढेको छ । तेलको माग बढेकै बेला शुक्रबार नियमित मात्र तेल वितरण गरेको निगमले शनिबार शनिबार ढिपो बन्द…

ठूला उद्योगीले तिरेनन् ५२ करोड

विराटनगर - मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएको समाचार आजको कान्तिपुरमा छापिएको छ । विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई उनीहरूबाट करबापतको बक्यौता उठाउन हम्मे परिरहेको छ। उक्त कार्यालयले…

उपत्यकामा प्रहरीको ‘हप्ता असुली’

काठमाडौं - 'हप्ता असुली’ प्रहरीले गुन्डालाई लगाउने आरोप हो । तर, प्रहरीभित्रै पनि यस्तो गतिविधि चल्ने गरेको छ । अवैध गतिविधिको संरक्षण गरेबापत प्रहरीले आफैँ पनि हप्ता असुल्ने गर्छन् । राजधानीमा प्रहरीका पछिल्ला घुसकाण्डले त्यही भन्छन् ।…

दसैंको मुखमा हजारौं कर्मचारी बेखर्ची

काठमाडौं - प्रदेश सरकार मातहतका कार्यालय व्यवस्थापनमा ढिलाइ हुँदा दसैंको मुखमा हजारौं कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् । सबैजसो प्रदेशमा साउनयता कर्मचारीले तलब नपाएको गुनासो छ । आजको कान्तिपुरले पहिलो पृष्ठमा समाचार छापेको छ ।…

पचास हजार घुस रकम सहित अधिकृत र खरिदार नियन्त्रणमा

काठमाडाै २४ असोज - मालपाेत कार्यलय कास्कीका अधिकृत खेमनारायण पाैडेल र खरिदार सञ्जय शर्मालार्इ घुस लिदै गर्दाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएकाे छ। जग्गा धितोबन्धक पास गर्ने सिलसिलामा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको…

लाईसेन्स बेच्ने यातायातका १० कर्मचारीविरुद्ध मुद्धा

यातायात कार्यालयका कर्मचारीले आर्थिक लेनदेनका आधारमा ट्रायल नै नदिई सवारीचालक अनुमतिपत्र लाईसेन्स विक्री गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्यमा संलग्न उपसचिवसहित १० कर्मचारीविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार…

डेढ करोडको गाडी चढेर समाजवाद आउँछ ? रवीन्द्र मिश्र

बुटवल २२ असोज। विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले  महल र करोडका गाडी चढ्दैमा समाजवाद नआउने बताएका छन् । उनले भने पुराना पार्टीहरुले सपना मात्रै बाँडेकाले उनीहरुको औचित्य समाप्त भएको छ। ‘अहिलेको सरकारको कुरा गर्ने क्षमता छ,…