निर्वाच आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त  दीप बस्न्यात र महालेखा परीक्षक टंकमणि शर्मालाई आयोगमा बोलाएर छलफल गरेका छन् ।

तीन चरणको निर्वाचन सकेकौ मौकामा शुक्रबार साँझ प्रमुख निर्वाचन आयाक्त यादवको निमन्त्रणामा अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक शर्मा आयोग पुगेका हुन् ।

आर्थिक अनियमितता छानविन गर्ने अख्तियार र लेखापरीक्षण गर्ने छुट्टाछुट्टै जिम्मेवारी बोकेका दुई संवैधानिक निकाय प्रमुखलाई प्रमुख निर्वाचन आयुक्त यादवले आयोगमै बोलाउनुलाई शंकास्पद रुपमा हेरिएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

You might also like