चितवनमा बालश्रम बढ्दै, न्युनिकरणमा चुनौती

चितवन, १३ असार ।
चितवन जिल्लामा बालश्रम न्यूनीकरण कार्य निकै चुनौतीपूर्ण रहेको सरोकारवालाहरुले प्रष्ट पारेका छन् ।

अशिक्षा, गरिबी तथा बेरोजगारीका कारण बालश्रम न्यूनीकरण निकै चुनौतीपूर्ण बनेको उनीहरुको भनाई छ । भरतपुर महानपालिकाको सहयोगमा होटल ब्यबसायी संघ चितवनले सोमबार भरतपुरमा आयोजना गरेको बालश्रम न्यूनीकरण सम्बन्धि एकदिने कार्यशाला गोष्ठीमा सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन् । भरतपुर महानरले केही वडालाई बालश्रममुक्त वडा घोषणा गरिएपनि पूर्ण रुपमा कार्यान्वयन नभएको उनीहरुको भनाई छ । नियमित अनुगमन र कारबाही प्रक्रिया प्रभाबकारी नहुँदा कार्यान्वयन पक्ष फितलो देखिएको उनीहरुको भनाई छ ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका सामाजिक बिकास अधिृकत तुलसीप्रसाद श्रेष्ठले बालश्रम न्यूनीकरण कार्य निकै चुनौतीपूर्ण रहेको बताउनुभयो । घरायासी बालश्रम न्यूनीकरणका लागी अझै धेरै चुनौतीपूर्ण रहेको उहाको भनाई छ ।

You might also like