खुकुरी प्रहार गरी श्रीमतीको हत्या

Image result for khukuri prahar

रोल्पा,  २९ जेठ ।

रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा एक वृद्धले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

घोडागाउँका ७४ वर्षका गणेश शाहले ६५ वर्षीया श्रीमती लक्ष्मी शाहको आइतबार राति खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी चौकी खुङ्ग्रीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते वृद्धाको उपचारका क्रममा सोमबार बिहान भैरहवामा ज्यान गएको हो । गणेशलाई प्रहरीले पक्राउ गरेको छ ।

You might also like