काठमाडौं महानगरमा फेरि सचिव

स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउने कानुनी पवधानलाई व्यवहारमा उतार्न भन्दै संघीय सरकारले काठमाडौं महानगरपालिकामा केन्द्रीय सरकारको प्रतिनिधिका रुपमा सचिवलाई पठाउने तयारी थालेको राजधानी दैनिकमा समाचार छ ।

सरकारले केन्द्रीय सरकारको मुख्य प्रशासनिक प्रतिष्ठान रहेको महानगरपालिका भएकाले पनि मन्त्रालयले अन्य महानगरपालिकालाई भन्दा विशेष महत्त्व दिन लागेको समाचारमा उल्लेख छ ।

अहिलेसम्म सहसचिवलाई प्रतिनिधिका रुपमा पठाउँदै आएको सरकारले हालको व्यवस्था परिमार्जन गर्दै राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीलाई नै महानगरमा पठाउने तयारी थालेको संघीय मामिला तथा स्थानीय विकास सचिवलाई कोड गरेर राजधानीले खबर लेखेको छ ।

You might also like