ओलम्पिक दिवसमा सञ्चारकर्मी दौड, र सम्मान

पोखरा, १० असार ।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका उपलक्ष्यमा भूतपूर्व खेलाडी मञ्च कास्कीद्वारा शुक्रबार स्व शिवशङ्कर रञ्जित दोस्रो पुरुष तथा महिला सञ्चारकर्मी दौड प्रतियोगिता गरिएको छ ।
‘स्वास्थ्य र शान्तिका लागि खेलकुद’ भन्ने नारासहित आयोजित पाँच किमी दूरीको दौडको पुरुषतर्पm भीम थापा, विजय नेपाली र देवेन्द्र पुन तथा पत्रकार महिलातर्पm पार्वती थापा, सपना अधिकारी र सुष्मिता सुवेदी क्रमशः प्रथम, द्वितीय र तृतीय भई रु सात, पाँच र तीन हजारसहित पदक र प्रमाणपत्र प्राप्त गरे । सोही समारोहमा भूपू खेलाडी मञ्च कास्कीद्वारा सञ्चालित अग्रज पत्रकार सम्मानबाट यस वर्ष वरिष्ठ पत्रकार नारायण कार्कीलाई पनि सम्मान गरियो ।
प्रतियोगितामा पोखराका विभिन्न सञ्चारमाध्यममा कार्यरत १४ पत्रकार महिलासहित ३७ जनाको सहभागिता थियो । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रतियोगिताका विजयी सञ्चारकर्मीलाई प्रमाणपत्र एवम् पदक प्रदान गर्दै आवश्यक भौतिक संरचना तयार गरी पोखरालाई खेलकुदको तालिम केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।रासस

You might also like