आदिवासी जनजातिका लागि पत्रकारिता तालिम

भरतपुर (चितवन), १४ असार ।

भरतपुर महानगरपालिकाको सहयोगमा आदिवासी जनजातिहरुका लागि २ दिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदले आयोजना गरेको उक्त तालिमको बुधबार भरतपुरमा एक कार्यक्रम गर्दै उदघाटन गरिएको हो । उदघाटनको क्रममा आदिवासी अगुवाहरुले यस्ता कार्यक्रमहरु भइरहनुपर्ने बताए । भुजेल सेवा समितिका अध्यक्ष प्रेम भुजेल, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद चितवनका अध्यक्ष पदम गुरुङ लगायतले आदिवासी जनजाति पछि पर्नुमा आफ्नै कमजोरी रहेका र यस्ता कार्यक्रमले ती कमजोरी औल्याउदै अघि बढ्न मद्दत पुर्याउने बताए । प्रमुख अतिथि भरतपुर महानगरपालिकाका समाजिक अधिकृत तुलसी श्रेष्ठले तालिमलाई ब्यवहारिक बनाउन जोड दिए । तालिमको उदघाटन सत्र परिषदका अध्यक्ष अजय तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । बिहिबारसम्म चल्ने तालिममा जनजाति समुदायका दुई दर्जन प्रशिक्षार्थीहरु सहभागि छन भने आदिवासी जनजाति पत्रकार महासंघ चितवन फोनिजका कोषाध्यक्ष ज्ञानेन्द्र तामाङले सहभागीहरुलाई प्रशिक्षण दिइरहेका छन ।

You might also like